सरदर
वि. [फा. सर+दर]
- ठुलोसानो वा असल, खराब नछुट्ट्याई सबैको एकनाससित मोल राख्दा पर्न आउने; ठुलोसानोको आधारमा मूल्याङ्कन नगरी गोटाको आधारमा मोल राख्दा पर्न आउने (सङ्ख्या)।
- विभिन्न आय भएका विभिन्न तहका व्यक्तिहरूका सम्पूर्ण आयलाई व्यक्ति वा वस्तुका निम्ति हुने विभिन्न तहको सबै आम्दानीखर्च समानुपातिक रूपमा ल्याउँदा प्रतिव्यक्ति वा प्रतिवस्तु पर्न आउने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)