सरस्वती

ना. [सं.]

  1. विद्या वा वाणीकी अधिष्ठात्रीका रूपमा मानिएकी देवी; शारदा।
  2. विद्या।
  3. भाषा; वाणी।
  4. प्रयागमा आई गङ्गा र यमुनाको सङ्गममा मिल्ने पुराणप्रसिद्ध एक नदी; सप्तसिन्धुमध्ये एक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)