सर्वेक्षण

ना.

  1. कुनै विषयको तथ्यपूर्ण जानकारीका लागि गरिने आधिकारिक निरीक्षण (जस्तो- भूसर्वेक्षण; वनसर्वेक्षण आदि)।
  2. कुनै विषयमा ध्यानपूर्वक गरिने विवेचना।
  3. कुनै कुराका समसामयिक गतिविधि, प्रयोग र प्रवृत्तिसम्बन्धी अध्ययनका लागि सम्बन्धित क्षेत्रमा गई वा अध्ययनका विभिन्न साधनको उपयोग गरी तथ्य वा तथ्याङ्कहरूको सङ्कलन गरिने अनुसन्धानको विधि वा प्रक्रिया।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)