सलाई
ना. [सं. शलाका]
- बट्टाको बाहिर चौडाइका दुईतर्फ टाँसिएको कागतजस्तो पदार्थमा घोट्दा बल्ने, रासायनिक पदार्थ लागेको काठको मसिनु टुक्रो; घोटेर आगो पार्ने, टुप्पामा मसला लागेको काठको छेस्को; दियासलाई।
- औषधी, सुर्मा आदि लाउन बनाइएको एक किसिमको सुइरो; शलाका।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)