सवारी

ना. [फा.]

  1. घोडा, मोटर आदि यान वा वाहनमा बसेर कहीँ जाने काम।
  2. कहीँ जानाका लागि वाहनका रूपमा प्रयोग गरिने साधन; यान।
  3. राजा वा प्रतिष्ठित व्यक्तिको कुनै यात्राका निम्ति प्रस्थान वा यात्राबाट हुने फिर्ती आगमन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)