सहायक अनुदान
ना.
- कुनै सङ्घ-संस्था तथा स्थानीय तहका अड्डाहरूलाई सहायताका रूपमा वा अन्य प्रयोजनका निम्ति दिइने आर्थिक सहयोग वा चन्दा।
- आफ्ना साधन र शक्तिले मात्र स्वावलम्बी हुन नसक्ने खालका संस्था वा उद्यमले सहायताका रूपमा सरकारबाट पाउने एकमुस्ट रकम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)