सहृदय

वि. [सं.]

  1. अर्काको दुःखमा दुःखित भएर मन पगाल्ने; मर्मशील।
  2. कोमल हृदय भएको; दयालु।
  3. काव्य, कथा आदिको पारख गर्ने र तिनका विशेषताबाट प्रभावित हुने साहित्यको अधिकारी वा योग्य पाठक; रसज्ञ; रसिक।
  4. सज्जन; भलो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)