साँचो

ना. [प्रा. सञ्चअ]

  1. मुछेको माटो आदि गिलो पदार्थ हालेर विशेष आकारको वस्तु बनाउने साधन; गिलो पदार्थबाट कुनै रूप वा आकार आदि ढाल्ने तदाकार भाँडो।
  2. कुनै बुट्टा वा चित्र छाप्ने साधन।
  3. ताल्चा खोल्ने साधन।
  4. जुत्ता बनाउँदा निश्चित आकारको रूप दिन प्रयोग गरिने, काठ आदिको साधन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)