साइत
ना. [अ. साअत]
- फलित ज्योतिषअनुसार विवाह, व्रतबन्ध आदि वा कुनै माङ्गलिक कार्य आरम्भ गर्ने शुभ समय; कामको शुभ मुहूर्त।
- कतैतिर यात्रा वा प्रस्थान गरिने उपयुक्त समय।
- शुभ लक्षण; असल शकुन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)