साक्षी
ना. [सं.]
- राम्रो वा नराम्रो कुनै घटना आफ्नो आँखाले देख्ने व्यक्ति; घटनास्थलमा स्थित भएको व्यक्ति; साछी।
- कुनै झगडा, विवाद वा अन्य घटना घट्दा घटनास्थलमा उपस्थित भएको र आफैँले प्रत्यक्ष देखेसुनेका कुराको बयान गर्ने व्यक्ति; देखी जान्ने वा सुनी जान्ने; गवाह; साक्ष्य।
- सरकारी अड्डामा कामकाज हेर्ने व्यक्ति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)