साध्य

वि. [सं.]

  1. सिद्ध गर्न सकिने; पूरा गर्न सकिने; फत्ते गर्न सकिने।
  2. घट्न सक्ने; हुन सक्ने; सम्भव।
  3. निको पार्न सकिने; निवारण गर्न सकिने।
  4. देवयोनिविशेष।
  5. समाधानका निम्ति प्रस्तुत समस्या; सिद्ध हुन सक्ने तर्कयुक्त कुरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)