सान्त्वना
ना. [सं.]
- प्रियजनको मृत्यु वा कुनै प्रकारको हानिनोक्सानीले गर्दा दुःखमा परेका व्यक्तिलाई शान्ति वा धैर्य दिने काम; सम्झाउनेबुझाउने काम।
- ढाढस; आश्वासन।
- सन्तुष्ट हुने वा पार्ने वचन; चित्त बुझाउने कुरो; मानसिक शान्ति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)