साफ

वि. [अ.]

  1. धुलोमैलो आदि नभएको; स्वच्छ; सफा।
  2. मिलावट वा खोट नभएको; शुद्ध।
  3. खुलस्त; स्पष्ट।
  4. उज्ज्वल; चम्किलो।
  5. खाली; शून्य।
  6. चुक्ता भइसकेको; तिर्न बाँकी नरहेको (हिसाब आदि)।
  7. बेसरी; बेसमारी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)