सारङ्ग
ना. [सं.]
- ठुला कान, छोटो पुच्छर र खैरो रङ हुने एक जातको मृग; चित्रमृग।
- छिरबिरे वस्तु; एउटैमा विभिन्न रङ्ग हुने पदार्थ।
- हात्ती घोडा, सिंह आदि जनावर तथा रजहाँस, सारौँ, कोइली, मुजुर, काकाकुल आदि पक्षी र भमरो, मौरी आदि कीटपतङ्गको नाम।
- कृष्ण।
- विष्णुको धनु।
- कामदेव।
- बादल।
- फूल (खास गरी कमल)।
- तलाउ।
- चन्द्रमा।
- शङ्ख।
- सारङ्गी।
- मनोहर; सुन्दर; राम्रो।
- रँगाएको; रङ्गिन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)