सारिणी

ना. [सं.]

  1. ग्रहगति, ग्रहफल, समयक्रम आदिको उल्लेख भएको ज्योतिषशास्त्रीय तालिका वा कोष्ठक।
  2. सहदेवी; महामना बुटी; पीतपुष्पी। २. कपास।
  3. पहेँलो खालको सिसौ।
  4. आँखाको ज्योति बढाउने एक जातको जङ्गली जडीबुटी; रातो पुनर्नवा।
  5. जलधारा; प्रवाह।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)