सार्नु
स.क्रि./प्रे.क्रि. [सं. सारण+नु]
- एक ठाउँबाट अर्को ठाउँमा लैजानु; स्थानपरिवर्तन गर्नु।
- ग्रन्थ, लेख, प्रबन्ध आदि जस्ताको तस्तै अर्को प्रतिमा लेख्नु; प्रतिलिपि निकाल्नु।
- एक जिउबाट अर्को जिउमा कीटाणु, रोग आदि सल्काउनु; सरुवा रोग अरूछेउ पुर्याउनु।
- हटाउनु।
- सानाठुला गेडा वा कसिङ्गर छुट्ट्याउन एक किसिमको चालले नाङ्लो चलाउनु; निफन्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)