सार
ना. [सं.]
- कुनै वस्तु वा पदार्थको मुख्य भाग; मुख्य अंश; सत्त्व; तत्त्व।
- कुनै वस्तुको भित्री मुख्य भाग; गुदी।
- सल्लो आदिको रुखबाट निस्कने चोप; खोटो; निर्यास।
- दुध वा दहीको तर; नौनी।
- कुरा, कृति, लेख आदिको मुख्य अंश वा मतलब; मजबुन।
- भनाइको तात्पर्य; अभिप्राय।
- कुनै लेख वा प्रबन्ध आदिको अन्तिम भनाइ; निष्कर्ष; उपसंहार।
- निचोर; गाँठी कुरा।
- धन; दौलत; सम्पत्ति।
- बल; शक्ति।
- साहित्यमा, पहिले वर्णन गरिएका कुराको उत्तरोत्तर उत्कर्ष वा अपकर्षको वर्णन गर्दा पर्ने एक अर्थालङ्कार।
- पानी; जल।
- वेदको सस्वर पाठ गर्दा उदात्त, अनुदात्त र स्वरितअनुसार हात हल्लाएर स्वरगत आरोह, अवरोह र साम्य आदिको भाव व्यक्त गर्ने काम।
- मासी; मज्जा।
- मुख्य; प्रधान।
- वास्तविक; तथ्य।
- सर्वोत्तम; सर्वश्रेष्ठ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)