सिँदुरे

वि. [सिँदुर+ए]

  1. सिँदुर भएको।
  2. सम्पूर्ण शरीर कालो भई डँडाल्नोमा जुरोसम्मका केही रौँ वा सिङनेरका केही रौँ राता भएको गोरु।
  3. विवाहमा दुलहीलाई सिन्दूर हाल्दा गणेशको प्रतिमाबाट दुलहीको सिउँदोसम्म सिन्दूरको अटूट रेखा हाल्दा भुइँमा नपरोस् भनी बिछ्याइने नयाँ कपडा।
  4. विवाहमा दुलहाका तर्फबाट लगिने सिन्दूरको भाँडो वा थैली।
  5. खरमा हुने र मान्छेका शरीरमा लाग्ने एक प्रकारको किरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)