सिद्ध

वि. [सं.]

  1. तयार भएको; बनेको; पूर्ण।
  2. भने जस्तै परिणाम निस्केको; सफल।
  3. उद्देश्य पूरा भएको।
  4. आध्यात्मिक सिद्धि प्राप्त गरेको।
  5. तर्क वा प्रमाणद्वारा ठिक ठहर्‍याइएको; प्रमाणित।
  6. सिपालु; दक्ष; निपुण।
  7. पाकेको; खान लायक।
  8. निश्चित; पक्का।
  9. अणिमा आदि अष्टसिद्धिमध्ये पूरै वा केही सिद्धि प्राप्त गरेको योगी।
  10. ऋषि; तपस्वी।
  11. सत्ताइस योगमध्ये एक योग।
  12. पहेँलो सर्स्युँ।
  13. एक देवयोनि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)