सुक्नु

अ.क्रि. [सं. शुष्क+नु]

  1. आगो वा घामको रापले अथवा बतासले हानेर पानी वा ओसिलोपन हराउनु; राम्ररी ओभाउनु; सुक्खा हुनु।
  2. छिप्पिएर वा चाउरिएर रसहीन हुनु।
  3. बोटबिरुवामा हरियो भाव सकिनु; आलोकाँचो नरहनु।
  4. बुढेसकाल, रोग वा मानसिक तापले शरीरको रगतमासु घटेर दुब्लाउनु।
  5. खोलानालाको पानी घट्नु।
  6. गाईभैँसी आदिले दुध दिन छाड्दै जानु; दुध कम दिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)