सुख
ना. [सं.]
- शारीरिक र मानसिक आनन्दको अनुभव; सबै चाँजोपाँजो मिलेर हुने प्रिय वा अनुकूल अनुभूति; आनन्द; हर्ष।
- परोपकार वा धार्मिक कामबाट हुने आनन्द।
- मनोकामना पूरा हुँदा मनमा हुने खुसियाली; प्रिय वस्तुको प्राप्तिबाट हुने आनन्दको अनुभव।
- सुविधा; सुबिस्ता।
- समृद्धि; उन्नति।
- कल्याण; मङ्गल।
- निरोगी अवस्था; आरोग्य।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)