सुत्लो

[सं. सूत्र]

  1. घाउमा घुसारिने, डोरी झैँ एकसरो वा दोहोरो बाटिएको, कपडा आदिको पोयो वा लुँडो; औषधी मिलाएर घाउमा कोचिने कागत, कपडा आदि बाटेर बनाइएको सुइरो।
  2. मकैको धानचमर वा भर्खर निस्केको सानो घोगो।
  3. खजुरोजस्तो कानमा पसेर सताउने सानो किरो; कनसुत्लो।
  4. बाँसको खबटो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)