सुद्धाइँ

ना. [प्रा. सुद्ध+आइँ]

  1. घरमा कसैको मृत्यु भएमा घरलाई शुद्ध बनाउन मृततिथिदेखि बाह्रौँ वा तेह्रौँ दिनमा गरिने हवन, पाठ, पञ्चगव्य प्राशन आदि; शुद्धशान्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)