सुमेरु
ना. [सं.]
- पुराणअनुसार पर्वतहरूको राजा मानिएको देवताहरूले सभा गर्ने सुनको पर्वत।
- उत्तरी ध्रुव।
- जपमालाको जोर्नीको बिचमा राखिने रुद्राक्ष वा तुलसी काठको ठुलो दाना; सुमेर्नी।
- हुक्काको चिलिम राख्ने ठाउँ, चिलिम अड्याउने हुक्काको ठाडो सोतो।
- मन्दिरको गजुर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)