सुर्ती

ना. [सूरत (प्रदेश)+ई]

  1. ठुलठुला, नरम, मसिना भुवादार पात हुने, टुप्पामा सेता लाम्चा फूल फुल्ने, रायोको जस्तो एक जातको बोट वा त्यसैको पात।
  2. सो पातबाट बनाइएको चुरोट, बिँडी आदिभित्र कोचिएको धुलो।
  3. मुखमा च्यापेर वा तमाखु, कक्कड, चुरोट, बिँडी आदिका रूपमा सल्काएर धुवाँ खाइने सुकाइएको काँचो पात।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)