सुषुम्ना

ना. [सं.]

  1. योगशास्त्रअनुसार, इडा र पिङ्गला नाडीका बिचमा रहेको नाडी; इडा, पिङ्गला र सुषुम्ना तीन प्रकारका नाडीमध्ये तेस्रो नाडी।
  2. शरीरविज्ञानका अनुसार नाभिबाट आरम्भ भई मेरुदण्ड हुँदै ब्रह्मरन्ध्रसम्म पुग्ने नाडी।
  3. आयुर्वेदअनुसार अरू नाडीहरूले बेरिएको, नाभिस्थलका माझमा रहेको केन्द्रीय नाडी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)