सुहाउनु
अ.क्रि. [सं. शोभा+आउ+नु]
- कुनै आभूषण, परिधान आदिले सुशोभित हुनु।
- एक अर्कासँग बस्दा वा मिल्दा राम्रो देखिनु।
- गरेको काम, बोलेको वचन, चलेको चाल, खाएको भोजन, लाएको लुगा आदि गर्ने, बोल्ने, चल्ने, खाने, लाउने क्रिया सुहाउँदोमिल्दो हुनु।
- शोभा बढाउने खालको हुनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)