सूत्र

ना. [सं.]

  1. कुनै वस्तुबाट तयार भएको तन्तु; धागो।
  2. जनै; यज्ञोपवीत; ब्रह्मसूत्र।
  3. व्याकरण, दर्शन, गणित, विज्ञान आदिका नियमलाई छोटकरीमा बोध गराउने बीजगणितात्मक पद्धति; उक्त पद्धतिका लागि प्रयोग गरिने शब्दसङ्केत वा वाक्यसङ्केत; बीज; फर्मुला।
  4. कुनै विश्वस्त र गुप्त खबर।
  5. सुराक, ठुलो घटना, षड्यन्त्र आदि कुराहरू पत्ता लगाउने सहायक साधन; सुइँको।
  6. कुनै उपाय; जुक्ती; किल्ली; कडी।
  7. कुनै विषयको दफा वा आधारभूत बुँदा।
  8. वास्तु तथा मूर्तिकलाअनुसार अङ्गुलको नौ गुना बराबरको नापो; नौ इन्चको नापो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)