सेवा
ना. [सं.]
- शारीरिक, मानसिक, वाचिक आदि सबै पक्षले गरिने देवदेवी आदिको आराधना; उपासना; अर्चना।
- मान्य जनको सम्मान।
- सरकारी वा गैरसरकारी तहमा तलब लिएर गरिने काम; नोकरी।
- आफ्नो रुचिअनुसार सार्वजनिक हित वा जनकल्याणका निम्ति गरिने काम; उपकार।
- मानसिक र शारीरिक स्वास्थ्यका निम्ति नियमित रूपले गरिने व्यवहार।
- तीर्थ, व्रत, सत्सङ्ग आदि हुने ठाउँमा नियमपूर्वकको बसाइ।
- टहल; चाकरी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)