सोती
ना. [सोतो+ई]
- तेर्सो परेको ठाउँमा सलल बगेर पानी जाने ठाउँ; सोतो परेको ठाउँ।
- पहाडको काखमा रहेको मसिना गरा भएको सानो खेत।
- नेपालका बाहुनछेत्रीको एक थर।
- घरभित्रको एक कोठाबाट अर्को कोठामा जाने वा भित्रबाहिर गर्ने छेडो (कोराइडर)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)