सोध्नु

स.क्रि. [सं. शोधन+नु]

  1. कसैलाई कुनै कुराको प्रश्न गर्नु।
  2. जवाफ माग्नु; निधो माग्नु।
  3. शुद्ध गर्नु; संशोधन गर्नु।
  4. खारखेर गर्नु; बयान लिनु।
  5. औषधीहरू परिशोधन गर्नु; दबाई बनाउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)