सोला

ना. [सं. शूल]

  1. चोरबाटो हिँड्ने अपराधी वा सिकारका जन्तुलाई धरापमा पारेर फसाउन नदेखिने गरी राखेको शुली; बातो; दर्जन; धराप; पासो।
  2. सुइरो; भाला।
  3. कुनै ठाउँको रक्षाका निम्ति नदेखिने वा देखिने गरी बिछ्याएर राखिएका काँडा बिझ्ने वा घोच्ने वस्तु।
  4. अङ्गप्रत्यङ्ग चसचसी घोच्ने एक प्रकारको पीडादायी तरङ्ग वा व्यथा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)