सोह्रानी

ना. [सोह्र+आना+ई]

  1. राणाकालका थरीमुखियाहरूलाई तिरो उठाएर सरकारलाई बुझाएबापत भोगचलन गर्न दिइएको जिम्मेदारीसहितको बिर्ता।
  2. चौँसट्ठी पैसाको एक रुपियाँ हुने प्राचीन मुद्रा; दशमलव प्रणाली लागु हुनुभन्दा पहिलेको भारतीय एक रुपियाँ; सोरानी।
  3. दोब्बर रकम ब्याज लिने प्रथा।
  4. सोह्र आना बराबरको (उब्जा, बाली आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)