स्त्रीलिङ्ग

ना.

  1. नारीत्व बुझाउने चिह्न (स्तन, स्वरमधुरता आदि)।
  2. व्याकरणका पुलिङ्ग, स्त्रीलिङ्ग, नपुंसकलिङ्ग आदि लिङ्ग व्यवस्थामध्ये स्त्रीत्व बुझाउने लिङ्ग।
  3. नारी जातिको जननेन्द्रिय; योनि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)