स्थान
ना. [सं.]
- कुनै वस्तु अडिने आधार; ठाउँ; थलो।
- बस्ने ठाउँ; रहने आवास।
- देवदेवीको मठमन्दिर।
- पद; ओहदा।
- ध्वनिविज्ञानका आधारमा उच्चारणका अवयवहरू सक्रिय भई ध्वनि निस्कने ठाउँ; उच्चारणस्थान।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)