स्थानीय स्वशासन
ना. [सं.]
- आफ्नो निजी ठाउँको गाउँ, नगर, जिल्ला आदिको विकासका निम्ति आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न स्थानीय जनताले पाएको अधिकार।
- स्थानीय क्षेत्रको सम्पूर्ण कानुनी प्रशासनकार्य; विकास, स्वास्थ्य आदिको स्वायत्तता; स्थानीय स्वायत्त शासन।
- नेपालको संविधानअनुसार अञ्चल, जिल्ला, गाउँ, नगर आदि स्थानीय एकाइ इलाकाहरूलाई सुधार्ने, योजना, विकास आदि सञ्चालन गर्ने स्वायत्तता प्राप्त भएको प्रशासन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)