स्थायी भाव
ना.
- रसशास्त्रअनुसार प्रत्येक रसको प्राणस्वरूप रहने स्थायी रसतत्त्व; रति, हास, क्रोध, उत्साह, भय, शोक, घृणा, विस्मय, शान्त, वात्सल्य आदि भावमध्ये कुनै पनि भावको बीजरूप; विभाव, अनुभाव, सञ्चारीभावका माध्यमबाट रसका रूपमा प्रकट हुने तत्त्वको बीजस्वरूप।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)