स्फोट
ना. [सं.]
- बाहिरी आवरण फारेर कुनै वस्तु बाहिर निस्कने काम; फुटाइ।
- प्रत्यक्ष हुने काम; प्रकटीकरण।
- शरीरमा निस्कने फोको वा खटिरो।
- शब्द सुनेर मनमा उत्पन्न हुने विचार; शब्दरूप ब्रह्म।
- नित्य शब्द (मीमांसा)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)