स्वछन्दतावाद

ना.

  1. शास्त्रीय बन्धनमा जेलिएका साहित्यिक सिद्धान्तलाई त्यागी जीवन र जगत्का स्वतन्त्र चिन्तन, प्रकृति आदिका रोमान्टिक भाव व्यक्त गरेर साहित्यसृजन गर्ने एक प्रवृत्ति वा सिद्धान्त; जर्मनी, फ्रान्स, ब्रिटेन देशहरूमा अठारौँ शताब्दीमा प्रारम्भ भएको एक साहित्यिक मान्यता; रोमान्सवाद।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)