स्वयम्भू

वि. [सं.]

  1. आफै उत्पत्ति भएको; स्वतः उत्पन्न।
  2. ब्रह्मा।
  3. विष्णु।
  4. शिव।
  5. कामदेव।
  6. काल।
  7. काठमाडौँ नगरको पश्चिमपट्टिको गोपुच्छ पर्वतमा अवस्थित एक प्रसिद्ध बौद्ध चैत्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)