स्वर
ना. [सं.]
- प्राणीहरूका उच्चारण-अवयवहरूबाट वा एक वस्तुको अर्को वस्तुमा आघात पर्दा निस्कने कोमलता, तीव्रता, आरोहअवरोह आदिले युक्त ध्वनि; आवाज; शब्द।
- ध्वनिका स्वरवर्णमध्ये पहिलोचाहिँ (अ, आ, इ, इ.)।
- सङ्गीतमा निश्चित गरिएका सात ध्वनि वा सुर (षड्ज, ऋषभ, गान्धार, मध्यम, पञ्चम, धैवत र निषाद)।
- वेदपाठका सन्दर्भमा उदात्त, अनुदात्त र स्वरित नामक तीन प्रकारका हुने शब्दको उतारचढाउ।
- सास लिने बेला नाकबाट निस्कने वायुका कारणबाट उत्पन्न हुने शब्द।
- आकाश।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)