हडताल
ना. [सं. हरिताल]
- कुनै कामकारबाई वा प्रचलनप्रति असन्तोष, दुःख, विरोध आदि प्रकट गर्न तथा आफ्नो माग पूरा गराउनाका निम्ति मजदुर, कर्मचारी, विद्यार्थी आदि र जनसाधारणद्वारा सामूहिक रूपले पसल, अड्डा, पढाइ, काम आदि बन्द गर्ने काम वा त्यस्तो प्रक्रियाको राजनीतिक हतियार; हरताल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)