हलसारो
ना. [हल+सार+ओ]
- प्रायः बर्खे बाली लगाउने बेलामा पानी बर्सेपछि सर्वप्रथम हलो चलाउँदा भूमिपूजा गरेर मनाइने उत्सव; वसन्तपञ्चमीजस्ता कृषिपर्वमा पहिलो पटक हलो जोत्ने काम।
- पाडा, बाच्छा मरेको लैनो भैँसी वा गाई; हतुवा पशु।
- बुहारीले पत्यार गरेर कसैलाई राख्न दिएको वस्तु।
- पाडाबाछा मरेर हातले पघार्नुपर्ने; हतुवा (गाई- भैँसी); हातसारो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)