हाते

वि. [हात+ए]

  1. हातमा लिएर उपभोग गरिने; हातको लायक।
  2. हातसम्बन्धी; हातको।
  3. कलिलैमा पाडाबाछा मरेर हातैले पघारी दुध दुहिने; हतुवा (गाई-भैँसी आदि)।
  4. तासको खेलमा थप तास नथुतीकन बाँडेकै तासबाट बाजी जित्ने काम; हाते माथ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)