हार
ना. [सं. हारि]
- युद्ध, खेल, प्रतियोगिता आदिमा विपक्षी वा प्रतियोगीको जित; आफ्नो हराइ; पराजय।
- थाक्ने काम; थकाइ; शिथिलता।
- बाध्यता वा असमर्थताले निहुरनुपर्ने स्थिति; विवशता; लाचारी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)