हिँड्नु
अ.क्रि. [सं. हिण्ड+नु]
- खुट्टा चालेर फट्को मार्दै वा सार्दै एक ठाउँबाट अर्को ठाउँमा जानु; पदयात्रा गर्नु; पैदल जानु।
- प्रस्थान गर्नु; पहिलेको ठाउँ छाड्नु।
- अर्को पोइसँग जानु; पोइल जानु।
- मर्नु; नाश हुनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)