हीन
वि [सं.]
- अधम; क्षुद्र; नीच।
- कम; घटी।
- निन्दा गर्न योग्य; गर्हणीय।
- गरिब; दीन।
- पद, मार्ग, स्थान आदिबाट च्युत; भ्रष्ट।
- नाम पदका पछि गाँसिएर नभएको, रहित, तुच्छ आदि अर्थ बुझाउने शब्द (जस्तो- पुत्रहीन, भाग्यहीन, मतिहीन आदि)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)