हुँदो
ना. [हु+दो]
- कल्याण; हित; भलो।
- उपकार; भलाइ।
- भलाइ, कल्याण वा उपकारका लागि। (उदा.- रामले जागिर दिलाउन त्यसको हुँदो भनसुन गरेकै हो, तर सफल भएन)।
- आसपासमा भन्ने अर्थ बुझाउन स्थानवाचक वा कालवाचक शब्दका पछिल्तिर जोडिने शब्द; तिर; तर्फ; हुँदि। (उदा.-मङ्सिरहुँदो धान पाक्छ, साँझहुँदो त्यो आउँछ, राम पशुपतिहुँदो बस्छ आदि)।
- हुँदै; भइरहेको। (उदा.- यो काम हुँदो छ)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)