होरा

ना. [सं. युनानी भाषाद्वारा गृहीत]

  1. अहोरात्रको चौबिसौँ भाग; एक घण्टाको समय।
  2. ज्योतिषशास्त्रका अनुसार जन्मकुण्डलीको ग्रहगति हेरेर शुभाशुभ फल बताउने विद्या, जातकशास्त्र।
  3. जन्मपत्रिका; लग्नकुण्डली।
  4. कुनै राशि वा लग्नको आधा भाग।
  5. खेतबारी जोत्दा छेउ वा टुङ्गोमा पुगेपछि गोरु फर्काएर अर्को सियामा लगाउन हलीले भन्ने आज्ञावाचक शब्द।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)