अँडिर
ना. [सं. एरण्ड]
- कथ्य. अँडिल।
- सातकुने पात भएको, झुप्पामा फल फल्ने, रातो वा सेतो डाँठ भएको, फलबाट तेल निकालिने र पातचाहिँ रेसमका किरालाई खुवाइने एक जातको बोट।
- त्यसै वनस्पतिको फल। (यस फलको तेल जुलाफका निम्ति प्रयोग गरिन्छ।)
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)